अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा शिक्षा मन्त्रालयले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक योग गर्नुपर्ने बताएका हुन्।
प्रधानमन्त्री ओलीले लोभ, मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने धारणा राखे।
कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल र भारतीय राजदूत मञ्जीतसिंह पुरीसमेत सहभागी थिए।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स