अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार राष्ट्रिय सभागृहमा शिक्षा मन्त्रालयले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक योग गर्नुपर्ने बताएका हुन्।
प्रधानमन्त्री ओलीले लोभ, मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने धारणा राखे।
कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल र भारतीय राजदूत मञ्जीतसिंह पुरीसमेत सहभागी थिए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित