चितवन पुगेर उपराष्ट्रपतिले गरे योग
भरतपुर : उपराष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ शरीर र मानसिक सुख वा आत्मिक शान्तिका लागि योग अचुक माध्यम भएको बताएका छन्।
पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति चितवनद्वारा आयोजित योग शिविर उद्घाटन गर्दै पुनल योगले मानिसलाई रोग लाग्नबाट बचाएर स्वस्थ बनाइरहने तर्क गरे।
‘आज विश्वभरका मानिसहरू कुनै न कुनै रोगसँग जुधिरहेका छन्’, उनले भने, ‘योगले आत्मिक शान्ति दिएर सुखी पनि बनाइरहेको छ।’
कार्यक्रममा उपराष्ट्रपति पुन, धर्मपत्नी हस्तमालिनी पुनलगायतले योगाभ्यास गरेका थिए।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !