हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
डोल्पा : जिल्लाकी एक सुत्केरीको उद्धार हेलिकोप्टरमार्फत गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिका–२ की २० वर्षीया अनिसा बुढाको उद्धार गरिएको हो ।
महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा उनको हेलिकप्टरमा उद्धार गरिएको हो।
बुढालाईउद्धार गरी हेलिकोप्टरमा सुर्खेतस्थित प्रदेश अस्पताल लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए।
दुई दिनदेखि सुत्केरी हुन नसकेपछि उनलाई उद्धार गरिएको हो। अहिलेसम्म डोल्पाबाट हेलिकोप्टरमार्फत सात सुत्केरीको उद्धार गरिएको बताइएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण