हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
डोल्पा : जिल्लाकी एक सुत्केरीको उद्धार हेलिकोप्टरमार्फत गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिका–२ की २० वर्षीया अनिसा बुढाको उद्धार गरिएको हो ।
महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा उनको हेलिकप्टरमा उद्धार गरिएको हो।
बुढालाईउद्धार गरी हेलिकोप्टरमा सुर्खेतस्थित प्रदेश अस्पताल लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए।
दुई दिनदेखि सुत्केरी हुन नसकेपछि उनलाई उद्धार गरिएको हो। अहिलेसम्म डोल्पाबाट हेलिकोप्टरमार्फत सात सुत्केरीको उद्धार गरिएको बताइएको छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो