कर्णाली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए ‘पीजी’ अध्यापन अनुमति
काठमाडौं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले पोस्ट ग्राजुएट्स (पीजी) तहको अध्यापनका लागि अनुमति पाएका छन्।
नेपाल मेडिकल काउन्सिलको बैठकले ती दुई प्रतिष्ठानलाई पीजीका लागि अनुमति दिने निर्णय गरेको हो।
कर्णालीले एमडी इन जनरल प्राक्टिस (एमडीजीपी) र पोखराले गाइने अब्सटेटिभ्स, अर्थोपेडिक सर्जरी र मेडिसिनमा एमडी कार्यक्रम चलाउन सिट मागेका थिए।
ती दुई प्रतिष्ठानको अनुगमन गरेको विज्ञ टोलीले सिट अनुमति दिन सकिने रायसहितको प्रतिवेदन बुझाएको थियो।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै