स्वास्थ्य पत्रकारलाई योग अभ्यास गराएर योग कक्षको सुरुवात
काठमाडौं : स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले स्वास्थ्य पत्रकारलाई योग अभ्यास गराएर योग कक्षको सुरुवात गरेको छ ।
अन्तराष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा बिहिबार गरिएको कार्यक्रममा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले स्वस्थ जीवन यापनका लागि योग अनिवार्य भएको भन्दै विभागमा आफ्ना कर्मचारीका लागि योग कक्ष नै सन्चालनमा ल्याएको बताए । उनले भने, ‘अहिलेको ब्यस्त र तनावपूर्ण जीवनमा योग अत्यावश्यक छ भनेर हामीले विभागमा योग कक्ष बनाएका हौं यसमा सबै कर्मचारी आएर योग अभ्यास गर्न सक्छन् ।
विभागले त्यसका लागि हरेक शुक्रबार एक घण्टा योग कक्षा राख्ने पनि उनले जानकारी दिए । उनले पत्रकारले याेगकाे बारेमा बुझेर अवलम्बन गरे मात्र यसको प्रवद्र्धन हुने भन्दै पत्रकारले पनि दैनिक कामकाे तनाव कम गर्न योग अभ्यास गर्नुपर्नेमा जोड दिए ।
पछिल्लो समय मानिसको खानपान तथा अब्यवस्थित जीवनशैलीका कारण नसर्ने रोग बढिरहेको भन्दै यसलाई ब्यवस्थापन गर्न योग अत्यन्त आवश्यक भएको डा उपाध्यायले बताए । त्यसका लागि घरमा अफिसमा सजिलै गर्न सकिने योग अभ्यास उनले पत्रकारलाइ सिकाएका थिए ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण