‘स्वस्थ जीवनका लागि योगकाे विकल्प छैन्’
काठमाडौं: शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पाेखेरलले पछिल्लो समय नसर्ने रोग बढिरहेको भन्दै औषधिमा मात्र भर नपरी योग ध्यानमा जोड दिनुपर्ने बताए ।
योग तथा प्राकृतिक चिकित्सक संघ तथा नेपाल योग थेरापी संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा मन्त्री पोखरेलले मानिसहरु पश्चिमा उपचार छोडेर पुरानै योग तथा प्राकृतिक चिकित्सातर्फ आकर्षित हुन थालेको प्रसंग उठाउँदै उनले यसमा सबैले जाेड दिनुपर्ने बताए । उनले भने, ‘हाम्रा पुराना चिकित्सा प्रणली असाध्यै राम्रा छन् तिनलाई हामीले बिर्सन हुँदैन ।’
मन्त्री पोखरेलले नसर्ने रोगले नेपालमा झण्डै ६२ प्रतिशत मानिसहरु ग्रसित भइरहेकाे भन्दै यसबाट बच्न बेलैमा ध्यान योग तथा शारीरिक ब्यायाम गर्नुको विकल्प नभएको बताए । उनले नेपालमा परापूर्व कालदेखि शुरु भएको योगले सबैलाई फाइदा पुग्ने भन्दै सबैलाई योग गर्न सुझाव समेत दिए ।

अन्तराष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा गरिएको कार्यशाला गोष्ठीमा तथ्यमा आधारित दुई वटा कार्यपत्र समेत प्रस्तुत भएका थिए । याेग प्राकृतिक चिकित्सक संघका अध्यक्ष डा जनक बस्नेतले योग ध्यान गर्नाले शारीरिक र मानसिक रुपमा स्वस्थ भइने हुँदा सबैले केही समय निकालेर नियमित योग गर्नुपर्नेमा जाेड दिए ।
२१ जुनमा विश्वभर नै अन्तराष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण