राप्ती प्रतिष्ठानमा हडताल नगर्न उच्च अदालतको आदेश
दाङ : उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा हडताल वा आन्दोलन नगर्न नगराउन आदेश जारी गरेको छ।
मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश शिवनारायण यादवको इजलासले स्वास्थ्य सेवा प्रभावित हुने गरी कुनै प्रकारका आन्दोलन नगर्न\नगराउन प्रतिष्ठानमा गठित संघर्ष समिति र पदाधिकारीका नाममा बुधबार आदेश दिएको हो।
अदालततको आदेशमा प्रतिष्ठानका कर्मचारीहरूद्वारा गठिन संघर्ष समितिको नाममा स्वास्थ्य सेवाजस्तो अत्यावश्यक र संवेदनशील क्षेत्र अवरुद्ध हुनेगरी हडताल भएकाले नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित नगरिने भन्ने संविधान र जनस्वास्थ्य ऐन २०७५ को दफा ३ ले प्रत्याभूत गरेको आम नागरिकको अधिकारमा आघात पुगेको ठहर गरिएको छ।
अस्पतालको सेवा प्रभावकारी नभएको, सेवासुविधा नपाएको भन्दै प्रतिष्ठानमा कार्यरत कर्मचारीले पटकपटक आन्दोलन गर्दै आएका थिए। जसका कारण प्रतिष्ठानको स्वास्थ्य सेवा अवरुद्ध भएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण