राप्ती प्रतिष्ठानमा हडताल नगर्न उच्च अदालतको आदेश
दाङ : उच्च अदालत तुलसीपुरले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा हडताल वा आन्दोलन नगर्न नगराउन आदेश जारी गरेको छ।
मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश शिवनारायण यादवको इजलासले स्वास्थ्य सेवा प्रभावित हुने गरी कुनै प्रकारका आन्दोलन नगर्न\नगराउन प्रतिष्ठानमा गठित संघर्ष समिति र पदाधिकारीका नाममा बुधबार आदेश दिएको हो।
अदालततको आदेशमा प्रतिष्ठानका कर्मचारीहरूद्वारा गठिन संघर्ष समितिको नाममा स्वास्थ्य सेवाजस्तो अत्यावश्यक र संवेदनशील क्षेत्र अवरुद्ध हुनेगरी हडताल भएकाले नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित नगरिने भन्ने संविधान र जनस्वास्थ्य ऐन २०७५ को दफा ३ ले प्रत्याभूत गरेको आम नागरिकको अधिकारमा आघात पुगेको ठहर गरिएको छ।
अस्पतालको सेवा प्रभावकारी नभएको, सेवासुविधा नपाएको भन्दै प्रतिष्ठानमा कार्यरत कर्मचारीले पटकपटक आन्दोलन गर्दै आएका थिए। जसका कारण प्रतिष्ठानको स्वास्थ्य सेवा अवरुद्ध भएको थियो।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल