दिनमा कति खाने नुन?
मानिसलाई स्वस्थ राख्न नुनको विशेष भूमिका हुन्छ।
स्वस्थ व्यक्तिले सबै खानामा गरी दिनमा १० ग्राम अर्थात् दुई चिया चम्चा नुनको प्रयोग गर्न सक्छन्। उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला, कलेजोको सिरोसिस भएका बिरामीहरूले भने दैनिक पाँच ग्राम अर्थात् एक चिया चम्चा मात्र लिन सक्छन्।
नुनमा शरीरलाई आवश्यक सोडियम र क्लोराइड तत्त्व प्राप्त हुन्छ। सोडियम नसा र मांशपेशी सञ्चालन तथा तन्दुरुस्त राख्न अति आवश्यक पर्छ। तर, उच्च रक्तचाप तथा ‘हाइपर टेन्सन’ बिरामीका लागि बढी नुन सेवन गर्नु हानिकारक हुन्छ। नुन बढी भएमा मिर्गौला, मुटु र रक्तचापसमन्धी रोग बढ्न सक्छ।
चिकित्सकका अनुसार नुनको प्रयोग बढी भएमा मिर्गौलामा पत्थरी हुने र रक्तचाप बढ्ने समस्या आउँछ । रक्तचाप वृद्धि भएकै कारण मुटुसम्बन्धी विभिन्न रोग लाग्नसक्छ।
अति नुन प्रयोग भएका प्रशोधित अचार, दालमोठ, लेजजस्ता खाने कुराहरू खान नहुने चिकित्सकको भनाइ छ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड