दिनमा कति खाने नुन?
मानिसलाई स्वस्थ राख्न नुनको विशेष भूमिका हुन्छ।
स्वस्थ व्यक्तिले सबै खानामा गरी दिनमा १० ग्राम अर्थात् दुई चिया चम्चा नुनको प्रयोग गर्न सक्छन्। उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला, कलेजोको सिरोसिस भएका बिरामीहरूले भने दैनिक पाँच ग्राम अर्थात् एक चिया चम्चा मात्र लिन सक्छन्।
नुनमा शरीरलाई आवश्यक सोडियम र क्लोराइड तत्त्व प्राप्त हुन्छ। सोडियम नसा र मांशपेशी सञ्चालन तथा तन्दुरुस्त राख्न अति आवश्यक पर्छ। तर, उच्च रक्तचाप तथा ‘हाइपर टेन्सन’ बिरामीका लागि बढी नुन सेवन गर्नु हानिकारक हुन्छ। नुन बढी भएमा मिर्गौला, मुटु र रक्तचापसमन्धी रोग बढ्न सक्छ।
चिकित्सकका अनुसार नुनको प्रयोग बढी भएमा मिर्गौलामा पत्थरी हुने र रक्तचाप बढ्ने समस्या आउँछ । रक्तचाप वृद्धि भएकै कारण मुटुसम्बन्धी विभिन्न रोग लाग्नसक्छ।
अति नुन प्रयोग भएका प्रशोधित अचार, दालमोठ, लेजजस्ता खाने कुराहरू खान नहुने चिकित्सकको भनाइ छ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने