प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा स्थगित
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा स्थगन भएको छ।
प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारले स्नातक तहको एमबीबीएस, बीडीएस, बिएस्सी नर्सिङ र बीएम आइटीको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगन गरेको जानकारी दिए।
प्रतिष्ठानले परीक्षाको मिति आइतबारका लागि तोकेको थियो। १० जोड दुईको नतिजा नआउँदासम्म प्रवेश परीक्षा नलिन शिक्षा मन्त्रालयले आग्रह गरेको थियो।
संसद्को शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा समेत परीक्षाबारे प्रश्न उठेको थियो। नेपाली विद्यार्थीको सहभागितालाई ध्यानमा राखेर प्रवेश परीक्षा स्थगित गरिएको उपकुलपति रौनियारले जानकारी दिए।
तर स्नाकोत्तर तहका सबै परीक्षा भने असार ७ गते नै सञ्चालन हुने उनले बताए। एमडी÷एमएस, एमडी एचए, एमीएस, एमएसी, र एमपीएचको परीक्षा भने शनिबार नै हुनेछ । प्रतिष्ठानले गत वैशाख २४ गते प्रवेश परीक्षाको सूचना निकालेको थियो ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !