सरकारी भन्दा निजी विद्यालयमा पढ्ने बालबालिकाको आँखा बढी कमजाेर
काठमाडौं : सरकारी भन्दा निजी विद्यालयमा पढ्ने बालबालिकाको आँखामा बढी दोष देखिएको पाइएको छ। नेपाल नेत्रज्योति संघले पूर्वी तराईका दुई जिल्लामा गरेको अध्ययनअनुसार यो तथ्य फेला परेको हो।
संघले गत जनवरीदेखि शुरु गरेको ‘रेफ्रेक्टिभ एरर अमङ चाइल्ड’ नामक प्रोजेक्ट अनुसार दुई जिल्लाका सम्पूर्ण विद्यालयका विद्यार्थीको आँखा जाँच गरिरहेको छ। बालबालिकाको आँखा जाँच्ने क्रममा सरकारीका भन्दा निजी विद्यालयका बालबालिकामा बढी चार गुणा बढी समस्या पाइएको हो।
संघका कार्यकारी निर्देशक शैलेश मिश्रले सरकारी विद्यालयमा पढ्ने बालिकालिकामध्ये तीनदेखि चार प्रतिशतमा दृष्टिदोष पाइएको छ भने बोर्डिङ स्कुलमा पढ्ने बालिबालिकामा झण्डै १० देखि १२ प्रतिशतमा समस्या छ।
यस्तो हुनुको मुख्य कारण निजी विद्यालयमा पढ्ने बालिबालिकाले जंक फुड बढी खाने र मोबाइल, टिभी बढी हेर्ने कारण समस्या देखिएको मिश्रको भनाइ छ।
उनीहरूको तुलनामा सरकारी विद्यालयमा पढ्ने बालबालिकाले टिभी, मोबाइलमा कम समय बिताउने र गाउँघरमा पाइने सागसब्जी खाने गरेकाले पनि समस्या कम देखिएको हो ।
संघले बालबालिकाको आँखामा देखिने समस्या पहिचान र उपचारका लागि शुरु गरेको कार्यक्रमले पाँच लाख बालबालिकाको आँखा जाँच गर्ने लक्ष्य राखेको छ। यसअन्तर्गत बालिबालिकामा दृष्टिदोष पाइए उनीहरूलाई तुरुन्त चस्मा पनि निःशुल्क प्रदान गरिनेछ।
यसका साथै बालिबालिकाले नियमित चस्मा लगाएको वा नलगाएको छड्के रूपमा दुई महिनाभित्र आएर हेर्ने मिश्रले बताए। ‘यसरी ‘फलोअप’ गर्दा कतिपय विद्यालयमा त ५१ प्रतिशत बालबालिकाले चस्मा बिचमै लगाउन छोडेको पाइयो’, मिश्रले भने, ‘त्यसैले हामीले यसलाई नियमित ‘मोनिटरिङ’ पनि गरिरहेका छौँ। यसका लागि शिक्षक शिक्षिकासँग पनि सहयोग माग्छौँ।’
यसरी विद्यालयमा आँखा जाँच गर्दा ठूलै शल्यक्रिया गर्नुपर्ने समस्या देखिए तुरुन्त ‘रिफरल’ अस्पतालमा पठाइनेछ। यस्तो शल्यक्रियाका लागि पनि कुनै खर्च नलाग्ने मिश्रले बताए।।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै