दुई हजार ५४० विद्यार्थीको उपचार
जुम्ला : जिल्लास्थित पाँच विद्यालयका दुई हजार ५४० विद्यार्थीले स्वास्थ्योपचार पाएका छन्।
कर्णाली मावि अनामनगर, चन्दननाथ नमुना मावि खलङ्गा बजार, रत्नचुण्डेश्वर मावि बोहोरागाउँ, जनता प्राविधिक मावि महतगाउँ र जनज्योति मावि बारकोटे वाडाका विद्यार्थीले क्षयरोग र मुटुरोग सम्बन्धी उपचार पाएको कर्णाली माविका प्रधानाध्यापक मीनराज शर्माले जानकारी बताए।
तीमध्ये चार विद्यार्थीको शल्यक्रिया गर्नुपर्ने, छ जनाले सामान्य औषधि खानुपर्ने र १० मुटुरोग भएकाहरूको छालाको उपचार र शल्यक्रिया गर्नुपर्ने देखिएको बताइएको छ।
यस्तै छ जनामा बाथ मुटुरोग र १४ जनामा जन्मजात मुटुरोगको समस्या देखिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताए।
नेपाल क्षयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा जुम्लाको आयोजना र नेपाल क्षयरोग निवारण प्रतिष्ठानको प्राविधिक सहयोगमा चन्दननाथ नगरपालिकाभित्रका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राछात्रको मुटुजाँच गरिएको हो।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो