बिहारको मुजफ्फरपुरस्थित इन्सेफ्लाइटिस प्रभावित क्षेत्रमा पुगे १०० स्वास्थ्य अधिकारी
पटना : पटना भारत सरकारले बिहारको मुजफ्फरपुरस्थित इन्सेफ्लाइटिस प्रभावित क्षेत्रमा १०० सय स्वास्थ्य अधिकारी पठाएको छ।
मुजफ्फरपुरमा इन्सेफ्लाइटिसको प्रकोपका कारण १०० भन्दा बढी बालबालिकाको मृत्यु भएपछि चिकित्सकसहितको टोली त्यहाँ पठाइएको हो।
त्यहाँको राज्य सरकारलाई औषधि उपचारका साथै रोगजन्य विषयमा आवश्यक सहयोग र अनुसन्धान गर्नका लागि सो उच्चस्तरीय टोली त्यसतर्फ पठाएको बताइएको छ ।
बिहार सरकारको स्वस्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार महामारीको नियन्त्रणका लागि भारतको केन्द्रीय सरकारले बिहारको विभिन्न स्थानमा अत्याधुनिक प्रयोगशाला पनि राखेको छ ।
मन्त्रालयले पछिल्लो समयमा बिहारका अरु जिल्लामा पनि यस प्रकोपको खतरा बढ्दै जाने आशंका उत्पन्न भइरहेकोले अरु जिल्लामा पनि यस्तो खालको प्रयोगशाला राख्ने जानकारी गराएको बताइएको छ।
भारत सरकारका स्वास्थ्यमन्त्री हर्षवर्धनले बिहारमा देखिएको उक्त महामारीको नियन्त्रणका लागि सरकारले आवश्यक पहल गरेको जानकारी दिए। उनले बिहार सरकारले विभिन्न स्थानमा अनुसन्धान केन्द्र तथा प्रयोगशाला राखेर काम गरिरहेको जानकारी दिएका छन्।
मुख्यमन्त्री नितिश कुमारले रोगविरुद्ध लड्न सबै स्वास्थ्य निकायलाई सक्रियतापूर्वक काममा जुट्न निर्देशन दिएका छन्।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित