करेन्ट लागेका राजुको उपचारमा समस्या
झापा : करेन्ट लागेर गम्भीर घाइते भएका भद्रपुर नगरपालिका–५ मेची किनारका १८ वर्षीय राजु साहको उपचारमा समस्या आएको छ। रकम अभावका कारण थप उपचार हुन नसकेको भनदै सहयोगका लागि परिवारले याचना गरेको छ।
बिजुलीको काम गरी जीविका गर्ने साहलाई गत वैशाख ११ मा करेन्ट लागेको हो। भद्रपुर–५ स्थित वधशालाअगाडि सडक पोलको ‘हाइटेन्स’ तारबाट उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते उनको दायाँ हात र खुट्टासहित शरीरको विभिन्न भाग जलेको छ।
भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि सोही दिन विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो।
करेन्टले जलेर कामै नलाग्ने भएपछि उनको हात काटिएको छ। खुट्टा पनि काट्नुपर्ने चिकित्सकहरूले बताएका छन्। राजुको उपचारमा अहिलेसम्म १० लाख रुपैयाँ खर्च भइसकेको आमा लखियाले बताइन्। थप उपचारका लागि १० लाख आवश्यक पर्ने अस्पतालले जनाएको छ।
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस