मिर्गौलारोगीद्वारा सहयोगको याचना
बाँके : दुवै मिर्गौला फेल भएपछि कोहलपुर नगरपालिका–१ कौशिलानगरका हेमन्तसिंह ठकुरीलाई उपचारमा समस्या भएको छ।
२८ वर्षीय हेमन्त चार महिनादेखि हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा पुगेको दिदी सुमित्राले बताइन्। भाइको स्याहारसुसार गरिरहेकी सुमित्राले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरिन्। ‘आर्थिक अवस्था कमजोर छ, उपचार गर्न नसक्दा भाइले मृत्यु कुरिरहेको छ’, सुमित्राले भनिन्।
सुमित्राका अनुसार हेमन्त कामको सिलसिलामा गत कात्तिकमा पोखरा गएको १७ दिनपछि घाँटीलगायत शरीरका विभिन्न भागमा घाउ देखापर्न थाल्यो। बिरामी भएपछि काम गर्न नसकेर घर फर्किएका भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि भर्ना गरिएको थियो।
गत मङ्सिर ७ गते भेरी अस्पतालले दुवै मिर्गौला फेल भएको जानकारी गराएपछि हेमन्तलाई उपचारका लागि काठमाडौँ र भारतको लखनउसम्म लगिएको थियो। उपचारका क्रममा उनको दुवै मिर्गौला फेल भएको जानकारी अस्पतालले दिएपछि परिवारमा निराशा छाएको छ।
परिवारले आर्थिक सहयोगका लागि सबैसँग आग्रह गरेको छ। सिलाइकटाइ गरेर जीविकोपार्जन गर्दै आएकी दिदी सुमित्राले सोही पेशाबाट कमाएको रकम उपचारका लागि खर्च गर्दै आए पनि त्यो पर्याप्त नभएको बताइन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’