अस्पतालमा गोली प्रहार, पाँचको मृत्यु
पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच झडप हुँदा पाँचजनाको मृत्यु भएको छ।
पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा घटना भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ।
सोमबार राति जिल्ला प्रमुख कार्यालयहरूको अस्पतालमा दुई समूहबीच भएको विवाद चुलिएपछि गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको थियो।
अस्पतालमा उपचारको क्रममा एकजनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। घाइते तीनजनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो