अस्पतालमा गोली प्रहार, पाँचको मृत्यु
पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच झडप हुँदा पाँचजनाको मृत्यु भएको छ।
पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा घटना भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ।
सोमबार राति जिल्ला प्रमुख कार्यालयहरूको अस्पतालमा दुई समूहबीच भएको विवाद चुलिएपछि गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको थियो।
अस्पतालमा उपचारको क्रममा एकजनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। घाइते तीनजनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण