समता अस्पतालमा झुण्डिएको अवस्थामा फेला परिन् ‘क्लिनर’
काठमाडौं : बौद्धस्थित समता अस्पतालमा एक युवती मृत फेला परेकी छिन्। अस्पतालमै कार्यरत २७ वर्षीया विमला तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
विमला मृत फेला परेपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गरेका छन्। उनीहरूले अस्पतालले नै उनको हत्या गरेको आरोेप लगाउँदै नाराबाजी गरेका छन्। आफन्तले नाराबाजी गरेपछि अहिले ठूलो मात्रामा अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ।
अस्पताल प्रशासन र मृतक तामाङका आफन्तबीच छलफल भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
रामेछापको दोरम्बाकी विमला केही महिनादेखि अस्पतालमा ‘क्लिनर’का रूपमा कार्यरत थिइन्।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?