दुवै मिर्गौला फेल भएका बुद्धिप्रसादको उपचारमा समस्या
पर्वत : दुवै मिर्गौला काम नलाग्ने भएका कुश्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित अर्घसेका बुद्धिप्रसाद सुवेदी अहिले जीवनमरणको दोसाँधमा छन्।
विपन्न परिवारका उनको उपचारमा आर्थिक अभाव हुँदा समस्या परेको छ। आर्थिक अवस्था कमजोर भएका कारण लामो समय रोजगारीका लागि भारतमा रहेका सुवेदी अहिले काठमाडौंंका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।
उनी रोजगारीको सिलसिलामा विगत २६ वर्षदेखि भारतको नयाँदिल्लीमा थिए। दुवै मिर्गौला फेल भएपछि उनी अहिले नेपाल आएका छन् । उनका एक छोरी र दुई छोरा छन् ।
आर्थिक अवस्था कमजोर भएका कारण श्रीमानको उपचारमा समस्या भएको पत्नी लक्ष्मीले बताइन्। बुद्धिप्रसाद सुवेदीलाई सहयोग गर्न चाहनेले कृषि विकास बैंकको खाता नं. ०३१६४०१४३६४१८०१५ मा रकमा जम्मा गरेर सहयोग गर्न सकिने बताइएको छ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै