दुवै मिर्गौला फेल भएका बुद्धिप्रसादको उपचारमा समस्या
पर्वत : दुवै मिर्गौला काम नलाग्ने भएका कुश्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित अर्घसेका बुद्धिप्रसाद सुवेदी अहिले जीवनमरणको दोसाँधमा छन्।
विपन्न परिवारका उनको उपचारमा आर्थिक अभाव हुँदा समस्या परेको छ। आर्थिक अवस्था कमजोर भएका कारण लामो समय रोजगारीका लागि भारतमा रहेका सुवेदी अहिले काठमाडौंंका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।
उनी रोजगारीको सिलसिलामा विगत २६ वर्षदेखि भारतको नयाँदिल्लीमा थिए। दुवै मिर्गौला फेल भएपछि उनी अहिले नेपाल आएका छन् । उनका एक छोरी र दुई छोरा छन् ।
आर्थिक अवस्था कमजोर भएका कारण श्रीमानको उपचारमा समस्या भएको पत्नी लक्ष्मीले बताइन्। बुद्धिप्रसाद सुवेदीलाई सहयोग गर्न चाहनेले कृषि विकास बैंकको खाता नं. ०३१६४०१४३६४१८०१५ मा रकमा जम्मा गरेर सहयोग गर्न सकिने बताइएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’