धनकुटामा प्रदेश १ कै ठूलो शिक्षण अस्पताल बन्दै
धनकुटा : जिल्लामा प्रदेश १ कै सबैभन्दा ठूलो शिक्षण अस्पताल बन्ने भएको छ। धनकुटाको सदरमुकाममा प्रदेश सरकारले शिक्षण अस्पताल निर्माण गर्न लागेको हो।
आइतबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश संसदमा बजेट प्रस्तुत गर्दै धनकुटामा विभिन्न विशेषज्ञ सवासहितको शिक्षण अस्पताल सञ्चालन गर्न चार करोड रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन्।
धनकुटामा शिक्षण अस्पताल निर्माणका लागि जग्गाको व्यवस्थापन अन्तिम चरणमा पुगेको बताइएको छ। यसअधि प्रदेश सरकारले नीति तथा कार्यक्रममा शिक्षण अस्पताल निर्माण समावेश गरेपछि त्यसका लागि धनकुटामा रहेको कृषि ज्ञान केन्द्र र चुलिवनमा रहेको ट्रस्टको जग्गा छनोट गरिएको प्रदेशसभा सदस्य कुसुमकुमारी श्रेष्ठले जानकारी दिइन्।
धनकुटालाई प्रदेशको स्थायी राजधानी बनाउन नसकेपछि सरकारले यसअघि प्रदेशस्तरीय शिक्षा विकास निर्देशनालय, स्वास्थ्य निर्देशनालय, मुख्य मन्त्रीको सम्पर्क कार्यालय र यातायात सेवा कार्यालय स्थापना गरेको थियो। तर, स्थापना भएको लामो समयसम्म पनि ती कार्यालयबाट सेवा प्रवाह भएको छैन। शिक्षण अस्पताल निर्माण पनि यसैको निरन्तरता त होइन भन्नेमा स्थानीय वासिन्दा सशंकित छन्।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र