रामप्यारीका आफन्तले बुझे ओम अस्पतालबाट शव
काठमाडौं : गत बिहीबार ओम अस्पतालमा उपचारमा लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तले गर्दै आएको आन्दोलन टुङ्गिएको छ।
सिन्धुपाल्चोक इन्द्रावतीकी ५० वर्षीया रामप्यारी थापाको सघन उपचार कक्षमा उपचारका क्रममा गत बिहीबार मृत्यु भएको थियो। मृतकका परिवारले अस्पताललाई तिर्न बाँकी रकम मिनाहा गर्ने सहमति भएपछि आफन्तले शव जिम्मा लिएका हुन्।
अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्की, मृतकका आफन्त मोहन थापा तथा गौशाला प्रहरीको रोहबरमा बसी प्रहरी कार्यालयमा सहमति भएको मृतकका आफन्त खड्गबहादुर श्रेष्ठले जानकारी दिए।







आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण
बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो
पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?