क्यान्सरमुक्त भए अभिनेता ऋषि कपुर
बलिउड अभिनेता ऋषि कपुर क्यान्सरमुक्त भएका छन्। अमेरिकामा झण्डै नौ महिनाको उपाचारपछि उनी क्यान्सरमुक्त भएका हुन्।
उनको उपचार न्यूयोर्कको एक निजी क्यान्सर सेन्टरमा भएको हो। यतिवेला उनी न्यूयोर्कस्थित निजी अपार्टमेन्टमा बसिरहेका छन्। उनले गत वर्षको सेप्टेम्बरदेखि अमेरिकामा क्यान्सरको उपचार गराउन थालेका थिए।
हाल उनी चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेका छन्।
क्यान्सरमुक्त भएसँगै ऋषि कपुर आफ्नो ६७ औँ जन्मदिनको दिन सेप्टेम्बर ४ मा भारत फर्किने बताइएको छ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र