चार सय पर्ने डेंगु परीक्षण गर्ने ‘टेष्ट किट’ चाैबिस सयसम्ममा बिक्री गर्दै अस्पताल
काठमाडौं: धरान र यस वरिपरीका केही अस्पतालमा डेंगु परीक्षण गर्ने टेष्ट किट बढी पैसा लिएर बेच्ने गरेको पाइएको छ ।
लगभग एक महिना अघिदेखि धरानमा फैलिएको डेंगु नियन्त्रणमा आउन नसक्दा त्रसित बनेका स्थानीयसँग अस्पतालले ५ गुणा भन्दा बढी रकम लिएर बेच्ने गरेको पाइएको हो । बढी मूल्यमा बेच्ने गरेको भन्दै उजुरी परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारवाहीको चेतावनी दिएको छ ।
आइतबार सूचना जारी गर्दै मन्त्रालयले लागत मूल्य भन्दा बढीमा किट बेचेको पाइएमा कालाकजारी गरेको कसुरमा कारवाही गरिने उल्लेख छ । पूर्वका केही अस्पतालले डेंगुको त्रास फैलिएको मौका छोपेर ४ सय पर्ने उक्त टेष्ट किट २४ सय सम्म लिने गरेको पाइएको समेत सूचनामा उल्लेख छ । एक महिना अघि धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सुरु भएको डेंगु अझै नियन्त्रणमा आउन सकेको छैन्।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण