राजधानीका ठुला सरकारी अस्पतालमै छैनन् प्रयाप्त डाइटिसियन
काठमाडाैं : डाइटिसियनहरुले सरकारले डाइटिसियनको महत्व बुझ्न नसकेको बताएका छन्। नेपाल डाइटिसियन संघले गरेको छलफल कार्यक्रममा उनीहरुले नसर्ने रोगलाई न्युनीकरण गर्न डाइटिसियनको महत्वपूर्ण भूमिका हुने भए पनि सरकारले दरबन्दी नै नखोलेको गुनासो गरे ।
संघकी अध्यक्ष नानी शोभा शाक्यले स्वास्थ्य मन्त्रालयले डाइटिसियनको दरबन्दी नखोलिदिंदा सयौको संख्यामा बेरोजगार भएर बस्न परेको बताइन्। उनले भनिन, ‘पछिल्लो समय खानेकुराकै कारण धेरै जसो नसर्ने रोगहरु बढिरहेका छन्। त्यसलाई कम गर्न डाइटिसियन अर्थात पोषणविदले महत्वपूर्ण भूमिका खेल्न सक्छन । तर मन्त्रालयलाई वास्ता नै छैन । हामीले कतिपटक कुरा गरिसक्यौं यसबारेमा । ‘
छलफल कार्यक्रममा संघकी महासचिव बिनिता पन्तले नियमित औषधि खाने बिरामीलाई अझै डाइटिसियन अति नै आवश्यक पर्ने बताइन्। उनले भनिन, कतिपय औषधि खानेकुरासँग जोडिएका हुन्छन् । यस्ता कुरा राम्ररी बुझाउन नसक्दा न त औषधिले काम गर्छ न त खानेकुरा नै मिल्छ । यस्ता धेरै बिरामी छन् जो खानेकुरा र औषधिको तालमेल मिलाउन नसक्दा रोग नियन्त्रणमा ल्याउनै सक्दैनन्। हाम्रो स्वास्थ्य हामीले दैनिक खाने गरेको खाना र अपनाउने जीवनशैलीमा निर्भर हुन्छ त्यसैले पनि कुनै पनि रोग लाग्नु भन्दा अगावै सन्तुलित खानाको बारेमा बुझ्न डाइटिसियनको सहयाेग लिन सकिन्छ ।
हरेक रोगमा खाना खानेबारेमा जान्न अत्यन्त जरुरी हुन्छ । कुन बेला कति खाने कसरी खाने भन्ने । डाइट चार्ट नै बनाउनु पर्ने हुन्छ तर विडम्बना के गर्नु अधिकांस सरकारी अस्पतालमा डाइटिसियन नै छैनन्, उनीहरूकाे गुनासाे थियाे।
उपत्यकाको परोपकार प्रसुती अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताल, गंगालाल अस्पताल लगायतका ठुला अस्पतालमा डाइसिसयन नै नभएको शााक्य बताउँछिन । दरबन्न्दी भएका स्थानमा पनि अन्य पदका ब्यक्तिले काम गरिरहेका छन । यो असाध्यै दुखलाग्दो कुरा हो उनले थपिन । बीर अस्पतालमा जम्मा एक जना डाइिटिसयनकाे दरबन्दी छ । त्यसैगरी त्रि वि शिक्षण अस्पतालमा बीसौं वर्षसम्म एक जना मात्रले काम चलाएकोमा अहिले भने दुई जना छन्।
नेपालमा पि के क्याम्पसमा ३० औं वर्ष अघि देखि नै होम साइन्स अन्तर्गत यो विषय पढाई हुन थालेको हो । पि के क्याम्पसबाट मात्रै वर्षेनी १ सयको हाराहारीमा डाइटिसियन उत्पादन हुने गरेका छन्। पछिल्लो समय विगत ५ वर्षदेखि त्रिवि अन्तर्गत ‘बीएस्सी न्युट्रीसन एण्ड डायटिक्स ‘का जनशक्तिले डाइटिसियनको क्षेत्रलाई थप मजबुत बनाउन टेवा दिएका छन्। केन्द्रिय प्रविधि क्याम्पस धरानमा यो विषय २०६७ सालबाट शुरु भएको हो । प्रत्येक वर्ष २४ जना डाइटिसियन पास भएर निस्कन्छन्। तर सरकारी स्तरमा दरबन्दी नै खोलिएको छैन् मुख्य समस्या नै यही हो शाक्यले भनिन्।
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका २०७० अनुसार २५ देखि ५० बेडको लागि एक जना डाइटिसियन हुनुपर्ने मापदण्ड छ । तर अधिकांस अस्पतालमा दरबन्दी नै छैन भने भएका अस्पतालमा पनि एक जना दुई जना बाहेक छैनन्।
आगामी आर्थिक वर्षको लागि पोषण कार्यक्रमका लागि सरकारले ठुलो बजेट छुट्याएको छ । तर त्यही पोषणमा काम गर्ने डाइटिसियनलाई चाहिं बेवास्ता गरिएको उनीह्ररूको गुनासो छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’