१५ शय्याको जिल्ला अस्पताल आफैँ बिरामी
रोल्पा : १५ शय्याको जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सक, स्वास्थ्यकर्मी नआएका कारण बिरामी मर्कामा परेका छन् ।
लामो समयदेखि अस्पतालको व्यावस्थापन सुधार नभएपछि सेवाग्रही बिरामी अन्यत्र जाने गरेका छन् ।
अस्पतालमा गर्भवती जाँच र गम्भीर किसिमको सुत्केरीलाई आकस्मिक रूपमा शल्यक्रिया गर्नुपर्दा प्रयोगशाला र ल्याब असिस्टेन्ट कर्मचारी छैन। दरबन्दीअनुसारको चिकित्सक र प्राविधिक नहुँदा समस्या भएको जिल्ला अस्पताल रोल्पाका मेडिकल अधिकृत डा. प्रकाशबहादुर बुढाले बताए।
उनका अनुसार हाल अस्पतालमा दुई मेडिकल अधिकृत, चार नर्स, तीन अहेब, दुई अनमी, चार स्टाफनर्स र दुई ल्याब टेक्निसियनको दरबन्दी छ। तर, अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी करारमा छन्।
करार दरबन्दीमा रहेका चिकित्सक पनि शिविर, घर बिदा, अध्ययन बिदा, प्रशिक्षणमा हिँड्दा अस्पतालमा बस्नेहरूलेधेरै बिरामी हेर्नुपर्ने बाध्यता रहेको चिकित्सकहरुको गुनासो छ।
चिकित्सक अभावकै कारण ल्यावको रिपोर्ट दिउँसो ३ बजे पछाडि मात्र निकाल्नुपर्ने बाध्यता छ, जसले गर्दा बिरामी लामो समय कुर्नुपर्छ। हाल १५ शय्याको जिल्ला अस्पतालमा बिरामीको चापअनुसार दरबन्दी सिर्जना नहुँदा बिरामीले कुर्नुपर्ने बाध्यता र चिकित्सकले हतारहतारमा सबै काम गर्नुपर्ने परिस्थिति कायम छ।
५० श्ययाको बनाउन प्रयास
जिल्ला अस्पताल ५० शय्याको बनाउने प्रयास गरिएको छ। तीन वर्षका लागि नयाँ भवन निमार्ण कार्य सकिसक्ने गरी सम्झौता गरिए पनि कामको गति नै अति सुस्त छ । जसले निर्धारित समयमा भवन निर्माणकार्य सकिनेमा पनि शङ्का छ ।
हाल कर्मचारी समायोजन प्रक्रियाले पनि अस्पतालमा भएका केही कर्मचारीलाई अन्यत्र सरुवा गरिदिएकाले समस्या बल्झिएको छ । अस्पतालबाट प्रभावकारी सेवाप्रवाह गर्नका लागि केन्द्रसम्म आफूहरुले पहल थाले पनि कतैबाट सुनुवाइ नभएको अस्पतालका एक चिकित्सकले बताए।
सरकारले सरकारी अस्पतालबाट ७२ प्रकारको औषधि निःशुल्क प्रदान गर्ने घोषणा गरे पनि सेवाग्रहीले पाउन सकेका छैनन्। जिल्ला अस्पताल रोल्पामा लामो समयदेखि औषधिसमेत अभाव छ । निःशुल्क भनिएकोमध्ये मुस्किलले ३० प्रकारको औषधि मात्र छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’