भारतको विहारमा गर्मीले ७१ जनाको मृत्यु
भारतको विहारमा गर्मी र लूका कारण कम्तीमा ७१ जनाको मृत्यु भएको छ। औरंगाबाद, गया र नवादा जिल्लामा गर्मीका कारण ठूलो संख्यामा मानिसहरू प्रभावित भएको स्थानीय समाचार संस्थाहरूले जनाएका छन्।
सरकारी अधिकारीहरुका अनुसार विहारको औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादा जिल्लामा १३ जनाको लू का कारण मृत्यु भएको छ। बिहार सरकारले भने के कारणले मृत्यु भएको हो भन्नेबारे छानबिनपछि मात्रै जानकारी दिने बताएको छ।
जिल्ला अस्पतालहरूले गर्मीकै कारण यति ठूलो संख्यामा मानिसको मृत्यु भएको पुष्टि गरेका छन् । सरकारले सबै मृतकको परिवारलाई चार–चार लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ।
विहारमै सुख्खा खोकीका कारण ठूलो संख्यामा बालबालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। खोकीबाट शनिबार २० बालबालिकाको मृत्यु भएको छ। खोकीका कारण केही समययता मात्रै एक सयभन्दा बढीको मृत्यु भएको समारसंस्थाहरूले जनाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण