Health TV Online
Health TV Online
Health TV Online

महिलालाई स्यानिटरी प्याड बनाउने तालिम

महिलालाई स्यानिटरी प्याड बनाउने तालिम

कैलाली : जानकी गाउँपालिकाले महिलालाई स्यानिटरी प्याड बनाउने तालिम दिएको छ।

महिनावारीको समयमा महिलाको स्वास्थ्यलाई ध्यान दिनुका साथै प्याड किन्ने खर्च बचत होस् भन्ने उद्देश्यले स्यानिटरी प्याड बनाउने तालिम दिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष प्रदीप चौधरीका अनुसार महिनावारीमा सरसफाइसँगै प्याड बनाउन सिकाउने उद्देश्यले यो तालिम दिइएको हो।

महिनावारीको समयमा महिलालाई आवश्यक पर्ने प्याड घरमै तयार गरी प्रयोग गर्ने बानीको विकास गर्ने पहिलो उद्देश्य हो’, गाउँपालिकाका उपाध्यक्ष उमा महतोले भनिन्।

यो तालिमसँगै आफुहरूले सरसफाइको ज्ञानसमेत पाएको सहभागीहरूले बताए। ‘हामीले आफ्नो सरसफाइमा समेत ख्याल गरेका रहेनछौँ, तालिममा सहभागी हिमा महतोले भनिन्, ‘तालिममा प्याड बनाउन सिक्नुका साथै सरसफाइबारे पनि ज्ञान पाएका छौँ।’

१४० महिला सहभागी तालिम नौ दिनसम्म चल्ने बताइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार