Health TV Online
Health TV Online
Health TV Online

डडेल्धुरा र रूपन्देहीमा अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न

चिकित्सकले लापरबाही गरेको आफन्तको आरोप

डडेल्धुरा र रूपन्देहीमा अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न

काठमाडौं : चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुरा सदरमुकाममा प्रदर्शन गरेका छन्।

अमरगढी नगरपालिका–६ का धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा अत्यधिक रक्तश्रावका कारण डडेल्धुरा अस्पतालमा शुक्रबार मृत्यु भएको थियो।

मृतकका आफन्तले आज नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रर्दशन गरेका हुन्। जिल्ला सदरमुकामको तुनाडाँडा चोक हुँदै जिल्ला प्रशासन कार्यालय खलंगामा महिलाहरूले प्रदर्शन गरेका हुन्।

उपचारमा संलग्न चिकित्सकलाई कारबाही माग गर्दै मृतकका आफन्तले सडकमा टायर बालेर यातायात पूर्णरुपमा ठप्प पारेका थि । सडक अवरुद्ध हुँदा डडेल्धुरा भएर बैतडी, बझाङ, दार्चुलाका साथै पहाडबाट तराइ जाने सवारीसाधन पनि रोकिएका थिए।

यस्तै उपचारका क्रममा बिरामीको मृत्युपछि रूपन्देहीस्थित सिद्धार्थनगर सिटी हस्पिटलमा तनाव उत्पन्न भएको छ ।

सियारी गाउँपालिका ३ जङ्गहथ्थाका २६ वर्षीय वीरेन्द्र अग्रहरीको मिर्गौलाको डाइलाइसिस गर्ने क्रममा मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो।

अस्पतालको लापरवाहीका कारणले विरामीको मृत्यु भएको आरोप मृतकका परिवारले लगाएको छ। जेठ २८ गते अस्पतालमा भर्ना भएका वीरेन्द्रको मिर्गौला रोग विशेषज्ञ डा। सुबोधकुमार पाण्डेले सोही दिन पहिलोपटक डाइलासिस गरेका थिए।

दोस्रोपटक शुक्रबार डा.पाण्डेको अनुपस्थितिमा अन्य स्वास्थ्यकर्मीले डाईलासिस गर्ने क्रममा उनको मृत्यु भएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार