लिचीले लियो तीन सातामा ४७ बालबालिकाको ज्यान
भारतको बिहारस्थित मुजफ्फरपुरमा अत्यधिक लिची सेवनका कारण तीन सातामा ४७ बालबालिकाको मृत्यु भएको छ।
स्वास्थ्य अधिकारीहरूका अनुसार ती बालबालिकाको रगतमा चिनीको मात्रा कम भएको थियो। रगतमा चिनी कम हुनुमा लिचीमा हुने रसायनले भूमिका खेलेको उनीहरूले बताएका छन्।
बिरामी बालबालिकाका अभिभावकले छोराछोरी दिनभर रूखमा झुण्डिने र प्रशस्त लिची खाएर आउने भएकाले राति खाना नखाने बताएका थिए।
‘अन्तर्राष्ट्रिय विज्ञहरूका अनुसार लिचीमा त्यस्तो प्रकारको खराब रसायन हुन्छ। जसले लिची खाँदा त्यो रसायन कलेजोमा गएर बस्छ। जब तापक्रम बढ्छ त्यो रसायन कलेजोबाट बाहिर निस्कन्छ,’ विहारका स्वास्थ्य अधिकारी सञ्जयकुमारले भने। त्यसैले विज्ञहरुले लिची खाली पेटमा खान नहुने बताउँदै आएका छन्।
मुजफ्फरपुरका दुई अस्पतालमा गत जनवरीदेखि नै यस्ता किसिमका १७९ बिरामी भर्ना भएका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण