Health TV Online
Health TV Online
Health TV Online

पास्नीको भोज खाँदा ३० जना भन्दा बढी बिरामी

पास्नीको भोज खाँदा ३० जना भन्दा बढी बिरामी

धादिङ : नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमापास्नीको भोज खाँदा ३० जना भन्दा बढी बिरामी  परेका छन्।

स्थानीय रेशम आलेको छोराको पास्नीमा भोज खाएपछि ३० जनाभन्दा बढी बिरामी परेको जिल्ला अस्पताल धादिङले जनाएको छ। तीमध्ये १९ जनाको अवस्था जटिल भएकाले उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले जानकारी दिए।

बुधबार भोज खाएर फर्किएपछि बिरामीहरूमा दिसा पातलो हुने, बान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुनेजस्ता लक्षण देखिएको थियो।

उनीहरूको स्थानीय स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिहीबार साँझ धादिङ अस्पतालमा भर्ना गरिएको हो।

अस्पतालले ‘फुड प्वाइजन’ भएको हुनसक्ने बताएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार