Health TV Online
Health TV Online
Health TV Online

डेंगु नियन्त्रण गर्न विराटनगरमा विशेष अभियान

डेंगु नियन्त्रण गर्न विराटनगरमा विशेष अभियान

विराटनगर : प्रदेश १ अन्तर्गतका जिल्लाहरूमा लामखुट्टेबाट सर्ने डेंगुको प्रकोप बढेपछि नियन्त्रणका लागि मोरङमा विशेष अभियान सञ्चालन गरिँदै छ।

जिल्ला प्रशासन कार्यालय मोरङको संयोजनमा बिहीबार बसेको सरोकारवाला निकायको बैठकले प्रकोप नियन्त्रणका लागि समुदायमा आधारित विशेष अभियान चलाउने निर्णय भएको हो।

बैठकले सबै स्थानीय तहअन्तर्गतका वडाहरूमा समुदायका सबै क्षेत्रको सहभागितामा सचेतना अभियान चलाउने निर्णय गरेको छ। स्थानीय तहका प्रमुखको संयोजकत्वमा तहस्तरीय अभियान टोली परिचालन हुने बताइएको छ।

यस्तै वडाअध्यक्षको संयोजकत्वमा वडाका स्वास्थ्य संस्था, विद्यालयका शिक्षक, स्वास्थ्य स्वयंसेवीका तथा संघसंस्थामा आबद्ध सामाजिक कार्यकर्तालाई समावेश गरेर टोलटोलमा डेंगुबाट बच्ने उपायबारे सचेतना कार्यक्रम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए। अभियानका लागि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतलाई ‘फोकल पर्सन’को जिम्मेवारी बैठकले दिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय तथा अन्य स्वास्थ्यसम्बन्धी संस्थाहरूले डेंगो रोगका सम्बन्धमा जानकारीमूलक संदेशसहितको पर्चा पम्प्लेट प्रकाशन गरी वितरण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी केसीले बताए।

जिल्लाका प्रत्येक सरकारी तथा निजी अस्पतालहरूमा आरआरटी (र्‍यापिड रेस्पोन्स टिम) गठन गर्न निर्देशन दिइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार