Health TV Online
Health TV Online
Health TV Online

पत्रकार गेलाङको शव तीन दिनदेखि अस्पतालमै

पत्रकार गेलाङको शव तीन दिनदेखि अस्पतालमै

सुर्खेत : नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक\सम्पादक नन्दबहादुर गेलाङको शव तीन दिनदेखि अस्पतालमै छ ।

गाडी साहु वार्तामा नआएको र प्रतिनिधिका रूपमा खटाइएका मध्यपश्चिम ट्रक तथा ट्र्याक्टर व्यवसायी सङ्घका अध्यक्ष प्रकाश अधिकारीले मृतक पत्रकार गेलाङका आफन्तले माग राखेको क्षतिपूर्ति रकमको जोखिम लिन नमानेपछि शव अस्पतालमै रहेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईँले जानकारी दिए। आफन्तले बुझ्न नमानेपछि शव परीक्षण हुननसकेको उनले बताए।

पीडितपक्षले बालबालिको पालनपोषण, उनीहरुको शिक्षादीक्षा र रोजगारी सुनिश्चितता गर्नुपर्ने, ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग राखेको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ सुर्खेतका संस्थापक अध्यक्ष तथा लेकबेँसी नगरपालिका–७ सुर्खेतका पत्रकार ३८ वर्षीय गेलाङ १५ वर्षयतादेखि रेडियो तथा पत्रपत्रिकामा काम गर्दै आएका थिए।

बुधबार रुकुमबाट छिन्चुतर्फ आइरहेको बा५ख १६८३ नंको टिपरले भे८प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक गेलाङको घटनास्थलमै मृत्यु भएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार