हुम्लाको ठेहे स्वाथ्यचौकीलाई ३६ प्रकारका औषधि
हुम्ला : सधैँ औषधि अभाव हुने हिमाली जिल्ला ठेहे स्वास्थ्य चौकीमा विकासका लागि साझा मञ्च सीएफडी नेपाल नामक संस्थाले औषधि सहयोग गरेको छ। सो स्वास्थ्य चौकी सदरमुकाम सिमकोटबाट सात कोष टाढा पर्छ।
सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिनका लागि ३६ प्रकारका औषधि सहयोग गरेको मञ्चका जिल्ला कार्यक्रम संयोजक सौरभ लामाले जानकारी दिए।
वडा नं. २ मा रहेको ठेहे स्वास्थ्य चौकीमा साविक वडा १ देखि ६ सम्मका करिब ५०० घरधुरीले उपचार गर्ने भएकाले औषधि सहयोग गरेको जिल्ला संयोजक लामाले जानकारी दिए। सदरमुकाम सिमकोटबाट सात कोष टाढा पर्ने ठेहे स्वास्थ्य चौकीमा औषधि अभावका कारण बिरामीलाई समस्या हुन नदिन औषधि सहयोग गरेको नेपालका जिल्ला कार्यक्रम संयोजक लामाले बताए।
३६ प्रकारका औषधि ठेहे स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष तथा वडा सदस्य बाँचपुरी भण्डारी, ठेहे स्वास्थ्य चौकी इञ्चार्ज रमेशकुमार सापकोटालाई विकासका लागि साझा मञ्च नेपालका जिल्ला संयोजक सौरभ लामाले हस्तान्तरण गरे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण