धरान ‘डेंगु प्रकोप क्षेत्र’
सुनसरी : विभिन्न अभियान प्रभावकारी नभएपछि स्वास्थ्य कार्यालय सुनसरीले धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरेको छ।
बुधबार साँझ कार्यालयले धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरेको हो। नियन्त्रणअभियान तीव्र रूपमा चलाए पनि बिरामीमा त्यसको प्रभाव नपरेपछि धरानलाई डेंगु प्रकोप क्षेत्र घोषणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईँले जानकारी दिए।
धरानलाई औपचारिक रूपमा डेंगु प्रकोप क्षेत्र घोषणा गरिएपछि अब विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार उपचार हुने र रोकथामका उपाय अवलम्बन गरिने उनले बताए।
प्रसाईँका अनुसार सुनसरीमा संक्रमितको संख्या ५४८ पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४७४, बिजयपुर अस्पतालमा ७९, एपेक्स अस्पताल इटहरीमा एक र इटहरी अस्पतालमा तीन बिरामीको उपचार भइरहेको छ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स