विराटनगरमा पनि डेंगुको संक्रमण फैलिंदै
काठमाडाैं : धरानबाट सुरु भएको डेंगु इटहरी हुँदै विराटनगरसम्म फैलिन थालेको छ । विराटनगर महानगरपालिका १ र ३ नम्बर वडामा दुई जनामा डेंगुको संक्रमण भेटिएको छ । अन्य वडाका पनि बिरामी जाँचका लागि आउन थालेको नोबेल अस्पतालले जनाएको छ।
धरानमा गत वैशाख ३० गतेबाट फैलिएको डेंगु रोगबाट संक्रमितको संख्या ३१३ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । रोग फैलिंदै गएपछि डेंगु नियन्त्रणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको फगिङ मेशिन र प्राविधिकको सहयोगमा प्रभावित स्थानहरुमा विषादी छर्कने कार्यक्रम सञ्चालन भइरहेका छन्। जनचेतना बढाउन घरदैलो कार्यक्रम पनि सुरु गरिएकाे पनि महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार लामखुट्टे र यसको लार्भा नस्ट गर्ने काम पनि सुरु गरेको छ । यसका साथै जनचेतनामूलक कार्यक्रम पनि गर्दै आएको छ । तर पनि डेंगु नियन्त्रणमा आउन सकेको छैन्।
मनसुन सुरु भएपछि डेंगु अझ बढ्न सक्ने भन्दै स्वास्थ्य मन्त्रालयका प्रवत्ता महेन्द्र श्रेष्ठले यसलाई अहिले नै नियन्त्रणमा लिन नसके भयावह अवस्था आउन सक्ने बताए । उनले भने, ‘डेंगु मुख्य फैलिने भनेकै पानी परेपछि हो ‘त्यसैले यसलाई नियन्त्रण गर्न सबै निकाय लाग्नपर्ने बताए ।
डेंगुबाट बच्र घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाइबाट जोगिन झुल लगाएर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउने, घर वरपर सफा राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधिको प्रयोग गर्नाले बच्न सकिन्छ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै