युगाण्डामा पहिलोपटक इबोला
युगाण्डाका स्वास्थ्यमन्त्री जेन रुथ आसेङले देशमा पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखिएको बताएका छन्।
मन्त्री आसेङले छिमेकी मुलुक कङ्गो नजिक कासेस जिल्लाको पश्चिमी भेग निवासी पाँच वर्षीय एक बालकमा यसको संक्रमण फेला परेको बताएका हुन्।
आठ महिनाअघि नै विश्व स्वास्थ्य संगठनले इबोला भाइरस कंगोबाट युगाण्डातर्फ सर्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गरेको थियो।
कङ्गोमा इबोलाको संक्रमण व्यापक रूपमा फैलिएसँगै युगाण्डामा सतर्कता अपनाइएको थियो। कंगोका शरणार्थी तालतलैया हुँदै युगाण्डा जाने गरेका छन्।
इबोला ज्यादै संक्रामक रोग हो। यो रोग भएका मानिसको शरीरले अर्को व्यक्तिलाई छोएमा अर्को इबोला संक्रमण हुन्छ। उच्च ज्वरो आउने, झाडाबान्ता हुने र आँखा रातो हुनु यो रोगका प्रमुख लक्षण हुन्।
विश्व स्वास्थ्य संगठनका अनुसार इबोलाको ज्वरोबाट मानिसको मृत्यु हुने दर ज्यादै बढी हुन्छ। यो रोगबाट पीडित व्यक्तिको मृत्यु हुने सम्भावना ५० देखि ८९ प्रतिशत रहन्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’