गर्भवतीलाई वडाको कोसेली : प्रतिमहिना १० वटा अण्डा
काभ्रे : रोशी गाउँपालिका वडा नम्बर १२ ले गर्भवतीलाईअण्डा वितरण गर्न थालेको छ। गर्भवतीलाई नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणमा सहयोग पुर्याउने उद्देश्यले यो अभियान थालेको वडाले जनाएको छ।
गर्भ रहेको सामान्यतयाः चारदेखि नौ महनिासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्न थालिएको वडाध्यक्ष राम लामाले जानकारी दिए।
गर्भ रहेको चारदेखि नौ महनिासम्मप्रति महिना १० वटाका दरले अण्डा वितरण गरिनेलामाले बताए। यो सेवा पाउन गर्भवतीले पहिलो परीक्षण अवधि तीन महीनादेखि प्रत्येक महिनामा जाँच गराउनुपर्ने बताइएको छ।।
गर्भ जाँचका लागि पुस्वास्थ्य संस्था पुगेका महिलालाई स्वास्थ्यको अवस्था र आवश्यक पौष्टिक आहारका विषयमा जानकारी गराएर अण्डा वितरण गर्ने गरिएको बताइएको छ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?