तुलसीपुर उपमहानगरपालिकामा १३८ बालबालिका कुपोषित
दाङ : तुलसीपुर उपमहानगरपालिकामा १३८ बालबालिका कुपोषित फेला परेका छन्। तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको स्वास्थ्य महाशाखाले जनाएको छ।
९१ जना कुपोषित बालबालिका सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरीगाँउका ‘फोकल’ पर्सन रेणु केसीले जानकारी दिइन्। युएआईडीको सहयोगमा तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको सुआहारा कार्यक्रमअन्तर्गत मंगलबार गरिएको कार्यक्रममा यस्तो जानकारी दिइएको हो।
२०७४ चैत ७ गतेदेखि २०७६ जेठ २७ गते सम्मको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका ११ वटा वडामा ६ हजार ९०८ जना बालबालिका रहेको स्वास्थ्य महाशाखा तुलसीपुरले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण