काममा फर्किए सिन्धुली अस्पतालका चिकित्सक
सिन्धुली : बिमारीका आफन्तले डाक्टरलाई कुटपिट गरेको घटनालाई लिएर आन्दोलित सिन्धुली अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी नियमित काममा फर्केका छन्।
चिकित्सकहरूको सुरक्षाको प्रत्याभूति गर्ने र दोषीलाई तत्काल कानुनी दायरामा ल्याउने सहमति भएपछि अस्पतालको उनीहरू नियमित काममा फर्किएका हुन्।
बुधबार बिहान अस्पतालमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अस्पताल विकास समति, चिकित्सक, पत्रकार, नागरिक समाज लगायतको सर्वपक्षीय बैठकले दोषीलाई ७२ घण्टाभित्र कानुनी दायरमा ल्याउने सहमति गरेको थियो। यसपछि ओपीडीलगायतका सबै सेवा नियमित गर्न चिकित्सक तयार भएको सिन्धुली अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. सुमित्रा गौतमले बताइन्।
सिन्धुली अस्पतालमा कार्यरत डा. दिवस ढकाललाई सोमबार राति श्रीमतीको उपचार गराउन आएका कमलामाई नगरपालिकाका कृष्ण बस्नेतले अभद्र व्यवहार गरेको भन्दै चिकित्सक ओपीडी सेवा बन्द गरेर आन्दोलित थिए।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने