सिन्धुली अस्पतालका चिकित्सक आन्दोलित
सिन्धुली : बिमारीका आफन्तले हातपात गरेपछि सिन्धुली अस्पतालका चिकित्सक आन्दोलित भएका छन्। अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू मंगलबार बिहानदेखिआन्दोलित भएका हुन् ।
सोमबार राति श्रीमतीको उपचार गराउन अस्पताल पुगेका कमलामाई नगरपालिका–१० घर भई कमलामाई नगरपालिका–५ का कृष्ण बस्नेतले डा. दिवस ढकालमाथि हातपात गरेको भन्दै चिकित्सकआन्दोलित भएका हुन्।
बस्नेतले श्रीमती अनुषा कार्कीलाई उपचारका लागि अस्पताल ल्याएका थिए। चिकित्सकको टोलीले उपचार गरिरहँदा गाली गर्दै उनले डा. ढकाललाई घोक्रयाएर हातपात गरेको चिकित्सकको आरोप छ ।
डाक्टरहरूले विज्ञप्ति निकालेर घटनाको दोषीलाई कारवाहीको माग समेत गरेका छन्। विज्ञप्तिमा उनीहरूले दोषीलाई कानुनी दायरामा नल्याएसम्म अन्तरंग र आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने बताएका छन्।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स