डाक्टरलाई दुर्व्यवहार गर्नेमाथि कडा कारबाही गर्न सरकारी चिकित्सकको माग
काठमाडौं : सरकारी चिकित्सक संघले गत सोमबार सिन्धुली अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक डा. दिवस ढकालमाथि अभद्र व्यवहार भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ।
मंगलबार विज्ञप्ति निकालेर संघले कमलामाई नगरपालिका १० बस्ने कृष्ण बस्नेत नामका व्यक्तिले चिकित्सकमाथि हातपात गरेको भन्ने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
‘यस्ता अराजक तत्त्वलाई स्थानीय समाज र कानुनी निकायले तत्काल दण्डित गर्न र निज चिकित्सक तथा अस्पतालमा यथेष्ट सुरक्षाको व्यवस्था गरी निजलाई न्याय दिलाउन समेत नेपाल सरकार र सम्बन्धित सबै समक्ष यो संघ जोडदार माग गर्दछ’, अध्यक्ष डा. दीपेन्द्र पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
संघले यस्ता घटना निरुत्साहन गर्न ‘धरौटीमा रिहा गर्न नमिल्नेगरी जेल चलान’को व्यवस्था गर्न माग गरेको । यस्ता अराजकता प्रति सरकार मुकदर्शक भए देशव्यापी आन्दोलन गर्नेसमेत चेतावनी दिएको छ।
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर