कुपोषण एवं भोकमरी अन्त्यको अभियानमा केन्द्रित ‘सोचाइ’ ले जित्यो लिड २०३० च्यालेन्ज
काठमाडौं: कुपोषण र भोकमरीको अन्त्य गर्ने उद्देश्य लिएर तीन युवाहरुको साथमा सोसल चेन्जमेकर्स एण्ड इनोभेटर्स (सोचाई) को सुरुवात गरेकी बोनिता शर्मा लिड २०३० च्यालेन्जको बिजेता घोषित भएकी छिन् ।
दिगो विकास लक्ष्य प्राप्तिको लागि वान यङ वल्र्ड ले विश्व प्रतिष्ठित ब्राण्डहरुसंगको सहकार्यमा यस लिड २०३० प्रतियोगिताको आयोजना गरेको थियो । यसका लागि विश्वभरीका युवाद्वारा दिगो विकास लक्ष्यको प्रगतिका लागि गरिरहेका कार्यहरुको खोजी गरिएको थियो ।
नविनतम सिर्जना, शिक्षा र सामाजिक व्यवसाय मार्फत पोषण र स्वास्थ्य सुधारमा केन्द्रित रहेको सोचाइले दिगो विकास लक्ष्य नं २ – ‘भोकमरीको अन्त्य’ वर्ग अन्तर्गत १०० देशबाट आएका १२०० प्रतिस्पर्धीलाई उछिन्दै च्यालेन्ज पार्टनर आरबी ग्रुपबाट ५०,००० डलर पुरस्कार प्राप्त गरेको छ ।
पोषण, सरसफाई तथा यस सम्बन्धि जानकारीको अभावले गाँउ–समाजमा निम्त्याएको गम्भिर समस्याहरु समाधान गर्ने दृढ उद्देश्यका साथ अघि बढिरहेको सोचाईले पोषण माला तथा महिनावारी माला जस्ता नयाँ सिर्जनाहरु गर्दै आमा, बच्चा, किशोर किशोरी, महिला स्वास्थ्य स्वयमसेविकाहरु तथा समुदाय लक्षित कार्यक्रमहरु गर्दै आइरहेको छ ।
यसबाहेक सोचाईले आफ्ना उत्पादनहरुलाई बजारमा बेचेर सामाजिक उद्यमको पनि प्रवद्र्धन गरिरहेको छ । जस अन्तर्गत ग्राहकले किनेको एउटा पोषण माला वा महिनावारी मालाको बदलामा एउटी आमा वा किशोरीले सोचाईको युवा स्वयमसेवक समूहबाट सित्तैमा माला तथा स्वास्थ्य परामर्श प्राप्त गर्छन् ।
यस अन्तर्राष्ट्रिय प्रतियोगिता जितेपछि सोचाइकी सह संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बोनिता शर्माले भनिन् , ‘युवाशक्तिमा विश्वास गरेर हामीलाई यस किसिमको अवसर प्राप्त भएकोमा हामी अत्यन्तै खुशी र उत्साहित छौं । हाम्रो देशमा व्याप्त रहेको कुपोषणको समस्यालाई समाधान गर्न र दिगो विकास लक्ष्य हासिल गर्न सोचाईले कुनै कसर बाँकी राख्ने छैन ।’
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?