भरतपुर अस्पतालमा ३२ जोर्नी प्रत्यारोपण
चितवन : भरतपुर अस्पतालमा ३२ वटा जोर्नी प्रत्यारोपण गरिएको छ। घुँडाको १८ वटा र पुठोका १४ वटा प्रत्यारोपण गरिएको हो। दुई वर्ष छ महिनाअघिदेखि अस्पतालमा जोर्नी प्रत्यारोपण शुरु गरिएको हो।
दिल्लीको एपोलो अस्पतालमा तीन महिनाको तालिम लिएका भरतपुर अस्पतालका हाडजोर्नी विभागका प्रमुख डा. श्रवणकुमार थापाको नेतृत्वमा प्रत्यारोपणको काम भइरहेको छ। उनका अनुसार वृद्धावस्थामा खिइएर, बाथ, चोटपटक, हड्डीको क्षयरोगलगायतका कारण जोर्नीले काम नगरेपछि प्रत्यारोपण गर्ने गरिएको छ।
निजी अस्पतालमा महङ्गो हुने भए पनि सरकारी अस्पतालमा कम मूल्यमा प्रत्यारोपणको काम हुने गरेको छ। शल्यक्रिया गरेर प्रत्यारोपण गर्ने काम महङ्गो नभए पनि परिवर्तन गर्ने जोर्नी महङ्गो हुने हुँदा खर्चिलो हुने गरेको हो। थापाका अनुसार घुँडा प्रत्यारोपण गर्दा दुई लाख २० हजार र पुठोको एक लाख २० हजार रुपैयाँ हाराहारी जोर्नी खरिद गर्न खर्च लाग्छ।
घुँडाको अमेरिकाबाट र पुठोको भारतीय कम्पनीका सामग्री यहाँ बढी प्रयोग हुने गरेको जनाइएको छ । शल्यक्रिया गरी प्रत्यारोपण र औषधि लगायतमा ४० हजार हाराहारी खर्च हुने बताइन्छ। थापाका अनुसार राजधानी बाहिर सरकारी अस्पतालमा यही मात्र प्रत्यारोपण हुने गरेको छ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?