भरतपुर अस्पतालमा ३२ जोर्नी प्रत्यारोपण
चितवन : भरतपुर अस्पतालमा ३२ वटा जोर्नी प्रत्यारोपण गरिएको छ। घुँडाको १८ वटा र पुठोका १४ वटा प्रत्यारोपण गरिएको हो। दुई वर्ष छ महिनाअघिदेखि अस्पतालमा जोर्नी प्रत्यारोपण शुरु गरिएको हो।
दिल्लीको एपोलो अस्पतालमा तीन महिनाको तालिम लिएका भरतपुर अस्पतालका हाडजोर्नी विभागका प्रमुख डा. श्रवणकुमार थापाको नेतृत्वमा प्रत्यारोपणको काम भइरहेको छ। उनका अनुसार वृद्धावस्थामा खिइएर, बाथ, चोटपटक, हड्डीको क्षयरोगलगायतका कारण जोर्नीले काम नगरेपछि प्रत्यारोपण गर्ने गरिएको छ।
निजी अस्पतालमा महङ्गो हुने भए पनि सरकारी अस्पतालमा कम मूल्यमा प्रत्यारोपणको काम हुने गरेको छ। शल्यक्रिया गरेर प्रत्यारोपण गर्ने काम महङ्गो नभए पनि परिवर्तन गर्ने जोर्नी महङ्गो हुने हुँदा खर्चिलो हुने गरेको हो। थापाका अनुसार घुँडा प्रत्यारोपण गर्दा दुई लाख २० हजार र पुठोको एक लाख २० हजार रुपैयाँ हाराहारी जोर्नी खरिद गर्न खर्च लाग्छ।
घुँडाको अमेरिकाबाट र पुठोको भारतीय कम्पनीका सामग्री यहाँ बढी प्रयोग हुने गरेको जनाइएको छ । शल्यक्रिया गरी प्रत्यारोपण र औषधि लगायतमा ४० हजार हाराहारी खर्च हुने बताइन्छ। थापाका अनुसार राजधानी बाहिर सरकारी अस्पतालमा यही मात्र प्रत्यारोपण हुने गरेको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’