Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सांसदले दिए नौ स्थानीय तहलाई एम्बुलेन्स, दुई शवबाहन

सांसदले दिए नौ स्थानीय तहलाई एम्बुलेन्स, दुई शवबाहन

काठमाडौं : प्रतिनिधिसभाका सदस्य जिपछिरिङ लामाले जिल्लाका नौवटा स्थानीय तहलाई एम्बुलेन्स र दुईवटा स्थानीय तहलाई शववाहन प्रदानगरेका छन्।

सदरमुकाम चरिकोटमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसबाट लामाले निजी खर्चमा चारवटा गाउँपालिकालाई एक–एकवटा एम्बुलेन्स र दुईवटा नगरपालिकालाई शववाहन हस्तान्तरण गरेका हुन। पाँच स्थानीय तहलाई उनले पहिले नै एम्बुलेन्स हस्तान्तरण गरिसकेका थिए।

लामाले भीमेश्वर नगरपालिका, शैलुङ गाउँपालिका, गौरीशंकर गाउँपालिका, वैत्येश्वर गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरे। जिरी र भीमेश्वर नगरपालिकालाई एक–एकवटा शववाहन प्रदान गरे।

यसअघि उनले काठमाढडौंमा कार्यक्रम गरी जिरी नगरपालिका तथा तामाकोसी, कालिञ्चोक, बिगु र मेलुङ गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए।

सडक विकासले गति लिँदै गरेका ग्रामीण बस्तीमा उपचार अभावमा बिरामीले कष्ट भोग्नु परेको देखेर स्थानीय तहलाई एम्बुलेन्स र शववाहन उपलब्ध गराएको उनले बताए।

जिरी नगरपालिका १ श्यामा गाउँका बासिन्दा सांसद लामा निर्माण व्यवसायी पनि हुन्। उनी प्रतिनिधिसभामा कांग्रेसबाट समानुपातिक सांसद हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार