स्वास्थ्य केन्द्रमा न पर्याप्त जनशक्ति, न औषधि
जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दीअनुसार कर्मचारी छैनन्।
जनकपुरधामदेखि करिब २५ किलोमिटर उत्तरमा पर्ने केन्द्रमा चिकित्सक, स्वास्थ्य सहायक, अहेब, नर्स, अनमी, ल्याब असिस्टेन्ट, कार्यालय सहयोगीसहित १४ जनाको दरबन्दी छ। तर हाल यहाँ एक चिकित्सक, नर्स, स्वास्थ्य सहायक र कार्यालय सहयागी गरी पाँच जना मात्र छन्।
स्वास्थ्य केन्द्र प्रमुख डा.अशोक साहका अनुसार स्वास्थ्य केन्द्रमा पर्याप्त औषधि समेत छैन । बहिरङ्ग सेवा मात्रै सञ्चालित स्वास्थ्य केन्द्रमा सेवाग्रहीले आधारभूत स्वास्थ्य सेवा पनि पाउन सकेका छैनन्।
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य भवन निर्माण गरी सहरी विकास तथा भवन निर्माण विभागले नगरपालिकालाई हस्तान्तरण गरे पनि सञ्चालनमा आउन सकेको छैन ।
स्वास्थ्य केन्द्रबाट १५ शय्यासहितको सेवा प्रदान गर्ने उद्देश्य भए पनि आधारभूत भौतिक संरचना व्यवस्थापन नभएकाले सञ्चालनमा कठिनाइ भएको छ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित