Health TV Online
Health TV Online
Health TV Online

सुत्केरीले पाएनन् प्रोत्साहन भत्ता, ११ महिनादेखिको बाँकी

सुत्केरीले पाएनन् प्रोत्साहन भत्ता, ११ महिनादेखिको बाँकी

बझाङ: बझाङ जिल्लाका सुत्केरीहरूले ११ महिनादेखि प्रोत्साहन वापतको भत्ता पाएका छैनन्। जिल्ला अस्पताललगायत अस्पताल तथा स्वास्थ्य केन्द्रमा सुत्केरी भएका महिलाहरूले साउन महिनादेखि भत्ता नपाएका हुन्।

अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माउन प्रोत्साहन गदै संस्थागत सुत्केरी बढाउने उद्धेश्यका साथ सरकारले प्रोत्साहन भत्ता दिंदै आएको छ। ११ महिनायता अस्पतालमा सुत्केरी हुनेको संख्या ५३५ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

तल्कोट गाउँपालिका ९ का सोमबहादुर थापाले श्रीमती रूपादेवी थापाले पाउनुपर्ने रकम महिनौँ बित्दा पनि नपाएको गुनासो गरे। परिवार स्वास्थ्य महाशाखा काठमाडौंले रकम नपठाएका कारण सुत्केरीहरूलाई भत्ता वितरण गर्न नसकेको जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख डा सन्दीप ओखेडाले बताए।

‘स्थानीय तह मार्फत रकम उपलब्ध हुने भए पनि अहिलेसम्म अस्पतालमा पुग्न  सकेको छैन’,उनले भने, ‘तर स्वास्थ्यका लागि केही रकम स्थानीय तहको खातामा आइसकेको छ।’

  • रमेश के सी

    के सी हेल्थ टिभी अनलाइनका बझाङका संवाददाता हुन् ।

थप समाचार