उपचारका क्रममा युवतीको मृत्युपछि अस्पतालमा तनाव
झापा : उपचारका क्रममा युवतीको मृत्यु भएपछि विर्तामोडस्थित कनकाई अस्पताल परिसर आइतबार दिनभर तनावग्रस्त बन्यो।
एपेन्डिसको शल्यक्रियाका लागि कनकाई अस्पतालमा भर्ना सूर्योदय नगरपालिका ९ फिक्कलकी २१ वर्षीया देविका तामाङको मृत्यु भएपछि आफन्तहरू आक्रोशित भएका हुन्।
मृतकका आफन्तजनहरू अस्पताल तोडफोडमा उत्रिएपछि भीड नियन्त्रण प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहारसहित लाठी चार्ज गर्दा केही व्यक्ति घाइते भएका छन्।
अस्पतालको लापरबाहीले युवतीको मृत्यु भएको भन्दै पीडित पक्षका आफन्तजनहरू शव राखेर अस्पताल तोडफोडमा उत्रिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए।
उपचारमा संग्लन चिकित्सक सन्तोषकुमार मिश्रलाई कारबाहीको माग गर्दै उनीहरूले अस्पताल परिसरमै शव राखेर प्रदर्शन गरेका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण