हेटौँडा उपमहानगरपालिकामा थपिँदै ६ वटा स्वास्थ्य केन्द्र
हेटौँडा : नगरका सबै क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन हेटौँडा उपमहानगरपालिकाले थप छ वटा शहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ।
उपमहानगरले नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा दिने उद्देश्यले हाल सञ्चालन भइरहेका स्वास्थ्य संस्थालाई पनि थप सुविधा सम्पन्न बनाउने र नगरका विभिन्न वडामा छ वटा नयाँ स्वास्थ्य केन्द्र थप्ने निर्णय गरेको जनाएको छ ।
हेटौँडाले शिक्षा क्षेत्रमा निकै नै प्रगति गरेपनि स्वास्थ्य क्षेत्र कमजोर रहेकाले यसतर्फ उपमहानगर लागेको उपमहानगर प्रमुख हरिबहादुर महतले जानकारी दिए। उपचार नपाएर कोही कसैले पनि मृत्युको मुखमा पुग्न नपरोस् भन्ने उदेश्यले थप छ वटा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको उनले बताए।
गतवर्ष हेटौँडाको हटियामा चिकित्सकसहितको शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। योवर्ष वडा नं १, ४, ५, १२, १६ र १८ मा शहरी स्वस्थ्य केन्द्र स्थापना हुने उपमहानगरपालिकाले जनाएको छ ।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण