जीवनजल छैन स्वास्थ्य संस्थामा
जुम्ला : जिल्लाको कनकासुन्दरी गाउँपालिका–३ बुढुगाउँस्थित विराट स्वास्थ्यचौकीमा जीवनजल अभाव छ। गाउँपालिकाले समयमा नपठाउँदा जीवनजल अभाव भएको हो।
गाउँपालिकाले समयमा औषधि खरीद नगर्ने र समयमा स्वास्थ्यचौकीमा नपठाउने कारण जीवनजलजस्ता अत्यावश्यकीय औषधि अभाव हुने गरेको स्वास्थ्यचौकीका अहेब गोविन्द भण्डारीले बताए। स्वास्थ्य चौकीमा आइरन चक्की चालू आर्थिकको जेठ अन्तिम सातासम्म तीन महिना जति शून्य मौज्दात थियो
पारासिटामोल चालू आर्थिक वर्षको साउनदेखि जेठसम्म दुई हजार ५०० ट्याब्लेट मात्र आएकाले अपुग भएको अहेब भण्डारीले बताए। परिवार नियोजनका अस्थायी साधन पिल्स र डिपो पनि पर्याप्त मात्रामा आउने गरेको छैन। कण्डम चालू आवको जेठ तेस्रो सातासम्म गरी छ महिना अभाव भएको थियो।
स्थानीय विन बुढाले भने, ‘स्वास्थ्यचौकीमा बिरामी औषधि लिनका लागि आउने गरे पनि पाउने गरेका छैनन्। स्वास्थ्यचौकीमा न त औषधि पाइन्छ न त नियमित स्वास्थ्यकर्मी नै आउँछन्।’
कनकासुन्दरी गाउँपालिका–३ का वडाध्यक्ष तथा स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष मनवीर बुढाले स्थानीय सरकारले पर्याप्त मात्रामा औषधि पुर्याउन नसकेको स्वीकार गरे। स्थानीय तहमा कर्मचारी अभाव र कर्मचारी समायोजन प्रक्रियाका कारण समयमा औषधि खरिद हुन नसकेको उनले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’