Health TV Online
Health TV Online
Health TV Online

वीरेन्द्रनगरका दुई ल्याब र एउटा मेडिकलमा सिल

वीरेन्द्रनगरका दुई ल्याब र एउटा मेडिकलमा सिल

सुर्खेत : जिल्ला प्रशासन कार्यालयले वीरेन्द्रनगरका दुई ल्याब र एउटा मेडिकलमा सिल गरेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुगमन रिर्पोटका आधारमा प्रशासनले मापदण्डविपरीत सञ्चालनमा आएका ल्याब र मेडिकल सिल गरेको हो। प्रयोगशालाले सोमबार यहाँका पाँँच नर्सिङहोम, पोलिक्लिनिक र मेडिकल हलको अनुगमन गरेको थियो।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले अनुगमनका क्रममा सुभाष मेडिकल हलले अर्कैको नाममा मेडिकल सञ्चालन गरेको पाइएको बताए। सुभाष मेडिकलले नवीकरण नगरेरै पोलिक्लिनिक पनि सञ्चालन गरेको खुलेको हो।

प्रजिअ पोखरेलले नवीकरण नगरेरै सञ्चालन भइरहेको बुलबुले डायनोष्टिक तथा पोलिक्लिनिक र सुभास मेडिकलमा सिल गरिएको जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार