स्वस्थ रहन आवश्यक छ पर्याप्त निन्द्रा
निन्द्रा मानव शरीरका लागि धेरै नै आवश्यक छ। दैनिक पर्याप्त निन्द्रा बिना हामी चुस्त दुरुस्त रहन सक्दैनौँ। चिकित्सकहरूका अनुसार मानिस स्वस्थ रहन दैनिक कम्तीमा ६ देखि आठ घण्टा निदाउनुपर्छ।
वैज्ञानिकहरुले गरेका विभिन्न शोध अनुसार निन्द्राले आराम दिने मात्रै नभई शरीरलाई स्वस्थ पनि राख्छ।
विशेषज्ञहरूका अनुसार दिनमा ६ घण्टाभन्दा कम सुतियो भनेवा निन्द्रा पूरा भएन भने मानव शरीरका केही कोषहरू बिग्रन्छन्। यसले शरीरको सन्तुलन बिगार्छ।
निन्द्रा पूरा नभएमा उच्च रक्तचाप र मुटुको रोगको जोखिम पनि बढ्छ त्यसैले स्वस्थ रहनको लागि पर्याप्त निदाउनुपर्छ।
निन्द्रा अभावमा अल्जाइमर जस्ता ज्यानै लिने रोगको जोखिम बढ्न सक्छ।
निन्द्रा ठिकसँग नआउनाले मानिसमा चिडचिडाहट उत्पन्न हुन्छ। विभिन्न रोगका कारण निन्द्रा नलाग्नेहरूका लागि चिकित्सकहरू औषधि सिफारिस गर्ने भए पनि यसलाई उपयुक्त भने मानिँदैन, अर्थात् कृत्रिमभन्दा प्राकृतिक निन्द्रा फाइदाजनक हुन्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य