ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा
पाल्पा : पूर्वखोला गाउँपालिका–१ ले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिन थालेको छ। वडामा बसोबास गर्ने ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई स्वास्थ्य उपचारमा सहज सेवा दिन वडा कार्यालयले यो कार्यक्रम ल्याएको हो।
वडाका ७५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य बिमा गरिदिएको वडाध्यक्ष भोगबहादुर थापाले बताए।आगामी भदौदेखि लागू हुने गरी स्वास्थ्य बीमा दर्ता गरिएको छ।
बीमा गरेका ज्येष्ठ नागरिकलाई बिमित कार्डसमेत उपलब्ध गराइसकिएको छ । बिमा भएका ७५ मध्ये ५५ जनालाई पहिलो चरणमा कार्ड वितरण गरिसकिएको छ। बाँकीलाई यही जेठ मसान्तभित्र दोस्रो चरणमा कार्ड दिने बताइएको छ।
ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमका लागि चालू आर्थिक वर्षमा एक लाख ६५ हजार रुपैयाँ छुट्याएको वडाध्यक्ष थापाले जानकारी दिए। पाल्पाका विभिन्न स्थानीय तहले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण, औषधोपचार सेवा, सम्मान जस्ता कार्यक्रम सञ्चालन गरिरहेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’